एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्याउने काम : ओली

लोकपथ
585
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रस्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।

यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए ।

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?