गठबन्धनप्रति ओलीको कटाक्ष : ‘यो सरकार देशका लागि दुर्भाग्य हो’

लोकपथ
221
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन बन्नु देशका लागि दुर्भाग्य भएको भन्दै कटाक्ष गरेका छन् ।

मंगलबार एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्नका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले परमादेशबाट आएको सरकार भएकाले बन्न नदिन एमाले लागेको बताए ।

‘यो सरकार ढाल्न खोजेको होइन बन्नै नदिन खोजेका थियौ । यो सरकार बन्ने हुन्थो । यो देशका लागि दुर्भाग्य हो ।’ ओलीले भने ।

एमसीसी पास गर्नका लागि एमालेले सत्तारुढ गठबन्धन फुटाउन लागेको आरोप आएकोप्रति कटाक्ष गर्दै वर्तमान सरकार विघटन हुनुपर्ने बताए ।

‘यो सरकार तत्काल विघटन हुनुपर्दछ । हामीले भनेको हो ।’ ओलीले भने ।

त्यस्तै एमसीसीबारे आफूहरुसँग कुनै छलफल नगरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?