एमसीसीबारे के छ एमालेको धारणा ? (पूर्णपाठ)

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले फागुन १५ गते संसदबाट पारित भएको एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा १२ बुँदे व्याख्यात्मक विश्लेषणको औचित्य नभएको समेत भनिएको छ ।

त्यस्तै संसदबाट अनुमोदन भएको एमसीसीका विषयमा अब विवाद भन्दा पनि कार्यान्वयनमा लैजानु पर्ने एमालेको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?