राजपा कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर, २६ असोज ।राष्ट्रिय जनता पार्टी कञ्चनपुरले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।पार्टीको प्रदेश नं ७ को बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि पल्टु राना, निर्वाचन क्षेत्र नं २ बाट सामानुपातिकतर्फ प्रेमवती राना, निर्वाचन क्षेत्र नं ३ बाट सामानुपातिकतर्फबाट अम्वादत्त तिवारीलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ पर्शुराम बडायक, लछु राना, रामप्रसाद चौरीलाई सिफारिस गरेको प्रदेश नं ७ का पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले जानकारी दिए ।उनका अनुसार सोही निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ केशवबहादुर बडायक, कुकरा राना, सारदा राना, राम किसन रानालाई सिफारिस गरेको छ ।यसैगरी निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभाका लागि माया चौधरी र रामेशवाल रानालाई बैठकले उम्मेदवारका रुपमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं ३ बाट प्रदेश सभाका लागि लोकराज भट्टलाई सिफारिस गरेको छ ।”अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको छिट्टै टुंगो लगाउँदै छौ”, प्रवक्ता तिवारीले भने । कञ्चनपुरमा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छवटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?