ओलीले भने- ‘एमसीसी पास गर्दा एमालेसँग कुनै परामर्श गरिएन’

लोकपथ
3.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने बेला एमालेसँग कुनै पनि छलफल नगरिएको बताएका छन् ।

मंगलबार (आज) एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूहरु प्रमुख प्रतिपक्ष दल भए पनि कुनै परामर्श नभएको दाबी गरे ।

ंगठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ ओलीले भने ।

त्यस्तै आफू नेतृत्वको सरकार ढाल्ने षडयन्त्र वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताउँदै आफैले मात्र जस लिन एमसीसी पास गरेको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?