माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पायो पूर्णता, को-को छन् पदाधिकारी ?

लोकपथ
104
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको कमिटीले पूर्णता पाएको छ ।

सोमबार सम्पन्न निर्वाचन अनुसार १ अध्यक्षसहित ९ जना पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

अध्यक्ष हरिराम चौधरी ‘उत्सव’, तीन उपाध्यक्षहरु मानसिंह मल्ल ‘क्रान्ति’, अक्कल बहादुर मल्ल, रणकुमार कुँवर ‘दिपेन्द्र’ चयन भएका छन् । त्यस्तै सचिवमा जनक बुढा चयन भएका हुन् ।

त्यसैगरी ३ सहसचिवहरु रामबहादुर देवकर ‘रक्तबिज’, नन्दबहादुर साउद ‘राजेन्द्र’ र अन्जीता श्रेष्ठ रहेका छन् । भने कोषाध्यक्षमा कमल कुमारी शाही रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?