काठमाडौं । पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन ।
महाशिवरात्रीको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंशा गरेका हुन् । काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताइन् । ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुग्नु भएकी उहाँले दर्शन गर्नेहरुले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव पनि सुनाइन् ।
धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङजा गल्याङकी माया तिवारीले बताइन् । उनले मज्जाले दर्शन गरिएको भन्दै खुशी व्यक्त गरिन् ।
त्यस्तै काठमाडौं मनमैँजुकी शान्ता थपलियाले विगतका वर्षहरुमा भन्दा यो वर्ष दर्शन गर्ने अत्यन्तै राम्रो व्यवस्था भएको बताइन् । उनले स्वयम्सेवकहरुको सक्रियताले पनि दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गर्न धेरै सहज भएको बताइन् ।
दर्शनार्थींहरुका अनुसार यो वर्ष पशुपतिनाथको सजावट पनि विगतको भन्दा राम्रो गरिएको छ । यसैबीच, पशुपति क्षेत्र विकास कोषले यो वर्ष करिव १३ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया