‘सूर्या सुरक्षा कवज’ योजना : १ करोडको बीमाशुल्क प्रति महिना १२ सय मात्रै

लोकपथ
533
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सर्वे भवन्तु सुखिनः भन्ने मुल नारासहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबैमा बीमा पहुँच पुर्याउने उदेश्यले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको छ ।

सरल र सुलभ बीमामा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित सोमबारबाट ‘सूर्या सुरक्षा कवज’ बीमा योजना कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा आएको मन्दीका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको भन्दै सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृष्ट्रिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १८ वर्षको उमेर समूहले १ करोडको बीमाङ्कमा वार्षिक १४ हजार ५ सय ५० वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिनेछ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको कम्पनीको दाबी रहेको छ । सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय स्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट https://suryalife.com/proposal/buy-policy/184 वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए । उनका अुनसार बीमा शुल्क भने उमेर र अवधिको आधारमा फरक पर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?