कांग्रेस कैलालीको नेतृत्वका लागि दोस्राे चरणमा निर्वाचन हुने

लोकपथ
247
Shares

धनगढी । कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्राे चरणमा निर्वाचन हुने भएको छ ।

आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिँदा सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोस्राे चरणको निर्वाचन हुने भएको हो ।

कांग्रेसको विधानअनुसार तीनभन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।

सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् ।

दोस्राे चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुनेछ ।

दोस्राे चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?