रानीपोखरीमा हरियो झार, ११ सय ७९ दिनसम्म पुनर्निर्माण भएन (फोटो फिचर)

सन् २०११ मार्च ११,

जापान ।

९ रेक्टर स्केलको विनाशकारी भूकम्प र सुनामी ।

सो भूकम्पले जापानलाई ठूलो जनधनको क्षति पु¥यायो । भवन र सडकहरु तहसनहस भए ।

तर, भूकम्प गएको ६ दिनपछि ती सडक जस्ताको तस्तै भइसकेका थिए ।
भूकम्पका कारण इबाराकी भन्ने ठाउँको सडकमा १ सय ५० मिटरसम्मका चिरा र खाल्डाहरु परे । यसले सर्वसाधारणको आवतजावत र दैनिकीमा प्रभाव पारेपछि जापान सरकारले मात्र ६ दिनमा सडकको पुनर्निर्माण गरिसकेको थियो ।

वि.सं. २०७२ वैशाख १२,

नेपाल ।

७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प ।

१७ औँ शताब्दीमा निर्माण गरिएको रानी पोखरी आफैमा एउटा इतिहास हो ।

तर आजसम्ममा भूकम्प गएको ११ सय ७९ दिन भइसक्दा पनि नेपालकै ऐतिहासिक रानी पोखरी पुर्ननिर्माण हुन सकेको छैन ।
राष्ट्रिय धरोहर मानिएको रानी पोखरीको संरचना ३ वर्षदेखि धूलो र झारले रुपहीन बनेको छ ।

त्यसको भग्नावशेषलाई हेर्दा आफ्नो इतिहास नै गर्लम्म ढलेजस्तो लाग्ने गरेको स्थानीय बताउँछन् ।
भूकम्पअघि वर्षमा एक दिन भाइ टीकामा मात्र खुल्ने रानी पोखरीे अहिले भने वरिपरिबाट पालले छोपेर राखिएको छ । पोखरीमा पानीको साटो ‘झार’ भेटिन्छ ।

२०७२ सालदेखि रानी पोखरीलाई तिहार लागेको छैन ।
यसको पुर्ननिर्माणका लागि करोडौं रुपैयाँ खर्च भइसकेको छ । 

तर ध्वस्त भइसकेको रानी पोखरीलाई कस्तो अवस्थामा निर्माण गर्ने भन्ने विवाद उत्पन्न भएपछि यसको निर्माण कार्य अझै अन्यौलमा छ ।

पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाको विवादले झन् कमजोर बन्दै गएको रानीपोखरीका केही तस्वीर लोकपथकर्मी सरोज घिमिरेले क्यामरामा कैद गरेका छन्ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?