१७ चैत्र २०७९, शुक्रवार

पत्रकार महासंघको पहिलो पूर्ण बैठक धुलिखेलमा

२०७४,आश्विन,२६,बिहीवार १३:१३

0
Shares

धुलिखेल, २६ असोज ।नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ ।महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्य धुलिखेलमा सहभागी भएका छन् ।बैठकमा सहभागीलाई आचार्यले महासंघले प्रस्तुत गर्ने एजेण्डामा केन्द्रित भएर आगामी दिनमा महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन । ‘हामी महासंघका नेताहरु यस बैठकबाट महसंघका नीति, कार्यदिशा र आगामी दिनमा महासंघलाई कता डो¥याउने भन्ने विषयमा निर्णय गर्ने भएकाले प्रस्तुत एजेण्डामा केन्द्रित भएर छलफलमा सहभागी हौँ’ आचार्यले भने ।अध्यक्ष आचार्यले भने “पत्रकार महासंघलाई राजनीतिक समीकरणले कुनै प्रभाव पर्ने छैन, पर्न पनि दिँदैनौँ ।” उनले महासंघले हिजो पनि लोकतन्त्र र पूर्ण स्वतन्त्रको लागि आवाज उठाउँदै आएको र आज पनि त्यही ढंगले काम गर्ने बताए ।बैठकमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले केन्द्रीय समिति बैठकलाई स्वागत गर्दै महासंघको केन्द्रीय समितिले विगतमा गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरेका छन । 

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १३:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८