हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ सात पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?