एमसीसीबारे धारणा सार्वजनिक गर्न आज एमालेले पत्रकार सम्मेलन गर्दै

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गरेको त्यसबारे जानकारी दिन लागेका हुन् ।

पत्रकार सम्मेलन मार्फत एमसीसी, स्थानीय निर्वाचन र समसामयीक राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिन लागेको एमाले नेता शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

फागुन १५ गते आइतबार प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको छ । त्यससँगै सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रले समेत त्यसबारेमा प्रष्ट पारिसकेको छ भने एकीकृत समाजवादीले आजै पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?