काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागूऔषध दुब्र्यशन नियन्त्रणका लागि अभिभावकहरुलाई सचेत हुन आग्रह गरेका छन् ।
अभिभावकहरु कै कमजोरीका कारण धेरैजसो किशोर किशोरी उमेरका युवाहरु लागूऔषधको कुलतमा फसेको टिप्पणी गर्दै मन्त्री थापाले भने– अपराधलाई नियन्त्रण गर्न ‘लागूऔषध नियन्त्रण कार्ययोजना–२०७५’ जारी भएको छ ।
‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पुरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।
मुलुक विकास र समृद्धको उचाईमा पु¥याउन स्वस्थ र सिर्जनशील युवाहरुको महत्पूर्ण खाँचो रहेको छ, भन्दै उनले यस्ता युवायुवतीलाई लागूऔषधमा फँस्न नदिन गृह मन्त्रालयले कार्य योजना मार्फत विशेष काम कामकारवाही गरिरहेको स्पष्ट पारेका छन् ।
“देशका भविश्यका कर्णदार मानिने किशोर किशोरीहरुमा देखिएको लागूऔषधको दुव्यर्सनलाई नेपाल सरकारले गम्भीर समस्याको रुपमा लिएको छ,”–मन्त्री थापाको दुखेसो पोखे ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरेको लागूऔषध ओसारपसार तथा दुरुपयोग सम्बन्धि समस्याबाट नेपाललाई मुक्त राख्न लागूऔषधको खेती, उत्पादन, ओसारपसार, विक्रिवितरण र सेवन जस्ता कानुनी अपराधलाई रोक्न सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
लागूऔषध दुव्यर्सनीलाई रोकथाम गर्न नागरिक स्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने भनाई उनको थियो ।
लागूऔषध नियन्त्रण सम्वन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा विहान भृकुटीमण्डपबाट बृहत प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रभात फेरी रत्नपार्क परिकर्मा गरी सभामा परिणत भएको थियो । लागूऔषध नियन्त्रण दिवसमा जनप्रतिनिधीहरु, सरकारी कर्मचारीहरु, गैरसरकारी संघ संस्था, उद्योगी व्यवसायीले सबैको सहभागिता रहेको थियो ।
लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरी विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया