१. संसदबाट एमसीसी पारित भएसँगै विप्लवसहितका राजनीतिक दलले गरेको बन्दको देशभर सामान्य प्रभाव, बन्द तथा तोडफोड गराउँदै हिँड्ने दर्जनौँ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
२. एमसीसी पास भएसँगै स्थानीय तहको निर्वाचन निश्चित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित ।
३. राष्ट्रिय जनमोर्चाद्वारा गठबन्धनबाट अलग भएको घोषणा, एमसीसीबारे गरिएको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको अध्यक्ष चित्रबहादुर केसीको भनाइ ।
४. आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन र उपत्यकाका सुरक्षा प्रमुखलाई गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त, आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना ।
५. त्रिभुवन विश्वविद्यालयमा डेढ महिनादेखि लगाइको तालाबन्दी अझै खुलेन, प्रधानमन्त्री देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको पदाधिकारीहरूको आरोप ।
६. संसद भवनअघि भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद प्रेसर कुकर, नेपाली सेनाको बम डिस्पोजल युनिटद्वारा निष्क्रिय ।
७. युक्रेनबाट २ सय ४४ जना नेपालीको उद्धार, युक्रेनबाट विस्थापित ३४ नेपालीहरूलाई दूतावासद्वारा यात्रा अनुमतिपत्र जारी ।
८. एमसीसी पेचिलो भू–राजनीतिक मुद्दा बन्न पुग्नु शुभसङ्केत नभएको विवेकशील साझाको निष्कर्ष, एमसीसी निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको आरोप ।
९. एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गिएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ, प्रचण्ड र नेपाल सत्ताका लागि जुनसुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरेको प्रतिक्रिया ।
१० एमसीसी आर्थिक परियोजना मात्रै भएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, व्याख्यात्मक घोषणाले नेपालको संविधानको महत्व र सर्वोच्चतालाई सरकारले कसरी आत्मसात् गरेको छ भन्ने प्रस्ट पारेको उल्लेख ।
११. साताको दोस्रो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से परिसूचक ४३ दशमल १ अंकले ओरालो लाग्दा ३ अर्ब ६६ करोडमा खुम्चियो कारोबार ।
१२. आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी, दुवैतर्फका प्रतिनिधिहरू वार्ताका लागि बेलारुस जाँदै ।
१३. रुसी हमलामा परी ३ सय ५२ युक्रेनी सर्वसाधारण मारिए, १ हजार ६ सय ८४ सर्वसाधारण घाइते, रुसी मुद्राको मूल्यमा ३० प्रतिशतले गिरावट ।
१४. विश्वको सर्वोच्च फुटबल निकाय फिफाद्वारा रुसको राष्ट्रिय झन्डामा प्रतिबन्ध, इंग्ल्यान्डद्वारा रुससँग अनिश्चितकालसम्म फुटबल नखेल्ने घोषणा
१५ र, स्पेनिस लालिगा फुटबल अन्तरगतको खेलमा आज ग्रयानाडा र काडिज भिड्दै, ग्रयानाडाको घरेलु मैदानमा हुने खेलमा दुवै टोली अंक तालिका सुधार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया