महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायद्धारा सपथ

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको फागुन १३ गते सम्पन्न भएको २०औं वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार सर्वसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएको र सोहि दिन बसेको संचालक समितीको. ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोहबिच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी छिन्।

साथै, सोहि मितिमा बसेको सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपककुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?