महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी प्रदान

लोकपथ
195
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी प्रदान गरेको छ । बैंकको पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा आज १६ गते गौशालास्थित नेपाल मानव धर्म सेवा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको हो ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग ग्रहण गर्दे नेपाल मानव धर्म सेवा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरे । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी गराए ।

महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?