काठमाडौं । नेपाली कांग्रेस कैलालीमा सभापति पदको मतपरिणाम सार्वजनिक भएको छ । सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन्।
उनले ११६९ मत पाएका छन्। नारायणदत्त भट्टले १०७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन्। अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ।
आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो । अहिले सभापतिको मात्रै मतगणना भइरहेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया