कर्पोरेटबीच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

लोकपथ
143
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेटबीच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो ।

कर्पोरेटबीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो ।

माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्ति विकासमा ध्यान दिँदै आएको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?