काठमाडौं । एमसीसी संसदबाट पारित भएको भोलिपल्ट अर्थात् आज सोमबार सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गरे ।
एमसीसीसम्बन्धी माओवादीले पुरानो अडान छाडेको भन्ने आरोपलाई प्रस्ट पार्न प्रचण्डले आफ्नो निवासमा पत्रकार सम्मेलन गरेका हुन् ।
पूर्ववत् जानकारी गराइएको कारण प्रचण्डले आफ्नो निवास खुमालटारमा गरेको पत्रकार सम्मेलनमा धेरै सञ्चारमाध्यमको उपस्थिति रहेको थियो ।
धेरै सञ्चारमाध्यमले लाइभ गरेर दर्शकसामु प्रचण्डको भनाइहरु संप्रेषण गरिरहेका थिए । सोही क्रममा अन्तरपार्टी राजनीतिको कटु आलोचना गर्ने नेपाली संस्कारमा फरक किसिमको प्रस्तुति सामाजिक सञ्जालमा देखियो ।

प्रचण्डले पत्रकार सम्मेलन गरिरहँदा उनको कट्टर आलोचक समेत रहेका प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईको आधिकारिक फेसबुक पेजबाट उक्त लाइभ प्रशारण भएको देखियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसमा विभिन्न कमेन्ट तथा रियाक्टहरु गरेका थिए । तर अहिले भने नेता भट्टराईको उक्त लाइभ पेजबाट हटाएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता भंग भएपछि एमाले माओवादीका नेताहरु एक अर्कामा कटु आलोचनामा उत्रिरहेका छन् । पार्टी एकता भंग भएपछि एकै कार्यक्रममा समेत देखिन नचाहने एमाले माओवादी नेताहरुबीचको वाकयुद्ध चलिरहँदा भट्टराईको फेसबुकबाट लाईभ सेयर गल्तीले भएको बुझ्न सकिन्छ ।
त्यसबारेमा सत्यसथ्य जानकारी लिन लोकपथले नेता भट्टराईलाई सम्पर्क गर्दा त्रुटिका कारण आधिकारीक फेसबुकबाट लाइभ हुन गएको उनले बताए ।
‘अन्यत्र लाइभ गर्न खोज्दा त्रुटिका कारण लाभइ हुन गयो ।’ नेता भट्टराईले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया