नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ । नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ ।

केन्द्रभन्दा तलका कमिटीमा दुईजना मात्र पदाधिकारी रहने गरी विधान बनेको छ । केन्द्रमातहत प्रदेश, जिल्ला, संघीय र प्रदेश निर्वाचन क्षेत्र, महानगर/उपमहानगर/नगर/गाउँपालिका, वडा र प्रारम्भिकसहित ६ तहका कमिटी बन्नेछन् ।

ती सबै तहका कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने गरी विधानमा प्रस्ताव गरिएको नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले बताए । ‘केन्द्रभन्दा तलका कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था प्रस्ताव गरिएको छ,’ भुसालले भने, ‘एकताको भावनाअनुसार सन्तुलन मिल्ने गरी एउटा पक्षको अध्यक्ष भए अर्को पक्षबाट सचिव रहने गरी तल्लो तहसम्म एकीकरण सम्पन्न हुनेछ ।’ तल्ला तहका कमिटीका लागि गठित कार्यदलहरूले अहिले गृहकार्य गरिरहेका छन् । नयाँ पत्रिकामा यसबारे खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?