काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ ।
आइतबार संसदले एमसीसी सम्झौतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो ।
तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।
शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन ।
‘कुकरमा शंका गर्नुपर्ने वस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाको टुक्रा मात्र थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया