कांग्रेस अधिवेशन : कैलालीमा अझै हुन सकेन मतगणना

लोकपथ
208
Shares

कैलाली । नेपाली कांग्रेस कैलालीको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार साँझ सकिएको मतदान मतगणना आइतबार १० बजे सुरु हुने भनेतापनि १२ बजे सम्म पनि सुरु हुन सकेको छैन । पहिले सभापतिको मतगणना सुरु छ ।

तिनै पक्षले आफ्नै आडानमा अडिक रहेकाले सहमति हुन नसकेपछि मतगणना प्रकृया अगाडी बढेको छैन । सभापतिका उम्मेदबार नारायणदत्त भट्ट र प्रकाश बमले आफ्नो अडानमा पछि नहटेका कारण प्रकृया अगाडी नबढेको निर्वाचन समितिले जनाएको छ ।

भट्टले मतदान भएकै प्रक्रिया अनुसार निर्वाचन क्षेत्र अनुसारकै मतपेटिकाको मतपत्र गणना गर्नुपर्ने माग राखेका छन् भने बमले सबै मतपेटिकालाई मिसायर गणना गर्नुपर्ने अडानमा सहमति हुन सकेपछि प्रकृया अगाडी नबढेको हो । मतदान आइतबार साँझ सकिएपछि निर्वाचन समितिले सोमबार बिहान १० बजेबाट मतगणना सुरु हुने भनेर सूचना जारी गरेको थियो । मतदाताहरु भने मतगण्ना कति बेला सुरु हुन्छ भने नेपाली कांग्रेस कैलाली पार्टी कार्यालय परिसरमा भिडिभाड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?