हालसम्म दुई सय ३९ वटा संस्थाहरु मर्जमा सामेल, एक सय ७७ वटाको अनुमति खारेज

लोकपथ
416
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले सुरु गरेको मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था सफल देखिएको छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ पुस मसान्तसम्म कुल दुई सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

सोही आधारमा पनि मर्जरसम्बन्धी व्यवस्था सफल देखिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार मर्जर तथा प्राप्तीमा सामेल भएकाहरुमध्ये हालसम्म एक सय ७७ वटा इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

यसैगरी कुल सातवटा प्रदेशमा सात सय ५३ स्थानीय तहमध्ये हालसम्म सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको उनको भनाइ छ । २०७७ पुससम्म भने सात ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रिया सफल हुंदा बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने २०७८ पुस मसान्तमा एक सय २९ वटामा सिमित हुन पुगेको छ । सोमध्ये २७ वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको प्रवक्ता भट्टको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या भने २०७८ असार मसान्तमा १० हजार छ सय ८३ रहेकोमा २०७८ पुस मसान्तमा ११ हजार दुई सय १५ पुगेको उनको भनाई छ ।

सोमध्ये बाँणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार आठ सय ५६, विकास बैंकहरुको कुल शाखा संख्या एक हजार ६५, फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या दुई सय ४८, लघुवित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या पाँच हजार ४६ रहेको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?