संसद भवनअगाडि शंकास्पद वस्तु फेला

लोकपथ
210
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडिको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ । संसद भवनअगाडि बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ ।

नेपालको संसदबाट एमसीसी अनुमोदन हुने भएपछि विगत केहीदिनदेखि नयाँ बानेश्वर एरिया तनावग्रस्त बनेको थियो ।

विभिन्न दलका कार्यकर्ताहरु संसद भवन परिसरमा आन्दोलनमा उत्रिएका थिए । आइतबार राति संसदबाट एमसीसी पास भएसँगै नयाँ बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?