काठमाडौँ- एसिया भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोको भ्रमण सूचीमा नेपाल भए पनि उनी भुटानबाटै थाइल्यान्डतिर लागेका छन् । भ्रमणको तयारी गर्दैगर्दा उनी नेपाल नआउने जानकारी परराष्ट्र मन्त्रालयले पाएको हो ।
यसअघि विदेशमन्त्री कोनोले नेपालको औपचारिक भ्रमण गर्ने भनिएको थियो । उनी किन नेपाल आएनन् भन्ने स्पष्ट जानकारी दिइएको छैन । उनको भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराएको थियो । अब उनी दुई महिनापछि नेपाल आउने जानकारी आएको परराष्ट्र अधिकारीले बताए । भुटानको तीनदिने भ्रमण गरेका उनी नेपाल नआई थाइल्यान्ड पुगेका हुन् । त्यहाँबाट उनी इन्डोनेसियाको समेत भ्रमण गरेर स्वदेश फर्कनेछन्, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया