काठमाडौँ — शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको उनीहरूले बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कार्यालयको लापरबाहीले २४ घण्टामै नतिजा फरक परेको उनीहरूको निष्कर्ष छ । पूर्वशिक्षा सचिव जनार्दन नेपालले उच्चस्तरीय छानबिन जरुरी रहेको बताए ।
शनिबार प्रकाशित गरिएको एसईई नतिजामा त्रुटि भएको कार्यालयले स्वीकार गरिसकेको छ ।
एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले एसईई परीक्षाकै विश्वसनीयता र वैधतामा गम्भीर प्रश्न उठेको बताए । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया