आजको विदेशी : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्रीदर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ ३७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ दुई पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ तीन पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ ८ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?