सहज जितसँगै तेस्रो स्थानका लागि दूरी घटाउँदै बार्सिलोना

लोकपथ
195
Shares

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत एथ्लेटिको क्लबविरुद्ध आइतबार राति प्राप्त ४-० को सहज जितसँगै बार्सिलोनाले शीर्ष तीनको दूरी घटाएको छ ।

घरेलु मैदान क्याम्प नोउको प्रभावशाली जितसँगै बार्सिलोनाले तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको हो ।

बार्सिलोना २५ खेलबाट ४५ अंक जोड्दै चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । २६ खेलबाट ६० अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

बार्सिलोनाको १२औँ जितमा पिएरे एमरिक औबामेयाङ, औसमाने डेम्बेले, लुक डि जङ र मेम्पिस डिपाएले १-१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

पराजित एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?