प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न विधामा सङ्गठनभित्रका उत्कृष्ट प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले सङ्गठनका छजना उत्कृष्ट प्रतिभालाई जनही रु ३० हजार नगद र प्रमाणपत्र प्रदान गरेका हुन् ।
सेना दिवसका अवसरमा सङ्गठनभित्रका विभिन्न विधाका प्रतिभावान् व्यक्तिलाई पहिचान गरी प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रतिभावान् पहिचान प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नृत्यमा नुदराज अधिकारी, लाइभ म्युजिक ¥यापमा विशाल थापा मगर, गायनमा धनजीत राई र राजकुमार आ.म, पेन्टिङमा युवराज रोक्का र वाद्यवादनतर्फ सरोज परियार उत्कृष्ट घोषित भए ।
प्रतियोगितामा कमान्ड तथा युनिटबाट विभिन्न विधाका प्रतिभाका २५ प्रतियोगी छनोट गरी पठाएकामा तीमध्ये ११ जनालाई अन्तिम प्रतिस्पर्धा छानिएका हुन् । सो अवसरमा पाँचजना प्रतियोगीलाई सान्त्वना पुरस्कारबापत रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया