एमसीसी आजै संसदमा अनुमोदन गरिने (कार्यसूचीसहित)

लोकपथ
169
Shares

काठमाडौं । सरकारले आजै अमेरिकी सहयोग परियोजना (एमसीसी ) संसदबाट अनुमोदन गर्ने भएको छ ।

आजै दोस्रो चरणमा बस्ने प्रतिनिधि सभाको बैठकका लागि एमसीसी संसदको कार्यसूचीमा परेको छ ।

आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक केही बेरमा सुरु हुँदैछ ।

बैठकमा एमसीसी सम्झौता सदनमा छलफल गरियोस् भनि अर्थमन्त्रीले सदनमा प्रस्ताव पेस गर्ने र उक्त प्रस्ताव अनुमोदन हुने गरी २ कार्यसूची तय गरिएएको संसद सचिवालयले जनाएको छ ।

दिउँसो ३ बजेबाट ६ बजेसम्म बसेको बैठकमा एमसीसी सम्झौताको सामान्य सैद्धान्तिक छलफल गरिएको थियो । भने साँझ ६ः३० बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?