काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव सभ्यताको निरन्तरताको लागि जलवायु संकटले चुनौती थपिरहेको भन्दै पारिस्थितिक प्रणालीलाई सुदृढ तुल्याउन न्यायिक जगतको ध्यानाकर्षण गराएकी छिन् ।
आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले सामाजिक अभियन्ताको रुपमा परिचित कानून व्यवसायीहरुले आफूलाई सधैँ अद्यावधिक गर्दै लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समतामुलक र न्यायपूर्ण समाजको निर्माणमा समर्पित हुनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले विपन्न वर्ग तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न बारले बिस्तार र प्रभावकारी बनाउने कामलाई निरन्तारता दिनुपर्नेमा जोड दिइन् । उनले कानूनको अध्ययन, अध्यापन हुने प्राज्ञिक संस्थाहरुमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै योग्य, सक्षम र चरित्रवान कानूनवेत्ता, अनुसन्धानकर्ता र कानून व्यवसायी उत्पादन गर्ने विषयमा बारले पहल गर्नुपर्ने बताइन् ।
नेपाल बार एशोसिएसनले आयोजना गरेको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन फागुन १५,१६ र १७ गते गरी तीन दिनसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया