प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने भएको छ ।
उहाँ चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया