हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
98
Shares

१. प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभामा एमसीसीबारे सैद्धान्तिक छलफल, एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित ।

२. एमसीसी सम्झौतामा आपत्तिजनक केही पनि नभएको बाबुराम भट्टराईको दाबी, एमसीसीलाई बाँदरको घाउजस्तै बनाइएको टिप्पणी ।

३. लोकतान्त्रिक समाजवादी पार्टीद्वारा एमसीसी सम्झौताको समर्थन, एमसीसी नेपालको विकासको पक्षमा भएको अध्यक्ष महन्थ ठाकुरको भनाइ ।

४. नेपालको स्वाभिमान तलमाथि पारेर दिइने सहयोग नचाहिने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, देशको स्वाधीनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्साएको आरोप ।

५. एमसीसी सम्झौता संसदमा पेस गरेर सरकारले राष्ट्रप्रति नै गद्दारी गरेको भन्दै भिम रावलको आपत्ति, राष्ट्रघाती सम्झौता संसदमा पेस गरेर नेपाली कांग्रेस नेतृत्वको सरकारले जनतालाई धोका दिएको आरोप ।

६. एमसीसी सम्झौता नेपालको हितमा नरहेका कारण अस्वीकार गर्नुपर्नेमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीको जोड, एमसीसी अनुमोदन भएपछि नेपालले असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने टिप्पणी ।

७. एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडि बढाउनुपर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको धारणा, राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमति गरेर अगाडि बढ्नुपर्ने तर्क ।

८. रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनुपर्ने राष्ट्रियसभा सदस्य वामदेव गौतमको भनाइ, दुई राष्ट्रबीचको समस्या समाधान गर्न शान्तिवार्तामा बस्नुपर्ने धारणा व्यक्त ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय १० परीक्षण थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय १५ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।
१०. १७ वर्षीया गायिकालाई जबर्जस्ती करणी गरेको आरेप लागेका अभिनेता पल शाह आफैँ पुगे प्रहरी चौकी, सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति ।

११. नेपालमा डिम्याट खाताको संख्या ५० लाख नाघ्यो, मेरो सेयर प्रयोगकर्ताको संख्या ४१ लाख १९ हजार पुग्यो ।

१२. युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि पस्यो रुसी सेना, स्थानीयलाई घरभित्रै बस्न आदेश, चारैतिरबाट मिसाइलले हमला भए पनि सरकार कति पनि नडगमगाएको युक्रेनी राष्ट्रपतिको भनाइ ।

१३. उत्तर कोरियाले फेरि गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण, मिसाइल जापानको सागरतर्फ प्रक्षेपण भएकाले नजिकका जहाजहरूलाई सतर्क रहन निर्देशन ।

१४. नेपाल एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश, लुम्बिनी प्रदेश १० विकेटले पराजित ।

१५. र, एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड चैत ८ गते काठमाडौंमा आयोजना हुने, एक दशकअघिका उत्कृष्ट खेलाडीहरू पनि यस पटक मनोनित हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?