संसदमा गगन थापाको आक्रोश : ‘एमसीसी सम्झौता संविधानभन्दा माथि हुन्छ भनेर झुट बोल्ने?’

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् ।

उनले एमसीसीका विषयमा ‘हावा कुरा’ नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् ।

‘धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्दैका छौँ यो हदसम्मको हावादारी कुरा गर्ने ?, उनको प्रश्‍न थियो, ‘नेपालको संविधानभन्दा माथि केही हुन्छ?, उनले भने ।

नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अनर्तगत सहमति हुने पनि शर्माले दाबी गरे ।

सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?