काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसी सम्झौतालाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सक्ने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न आशंकाहरु उब्जिरहेको भन्दै यसलाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सकिने बताएका हुन् ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा रहेको भन्दै उनले कुनैपनि प्रकारको राजनीतिक र सैन्य दायित्व सिर्जना हुनेखालका विषयवस्तुलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
एमसीसी सम्झौताको सम्बन्धमा समाजको तल्लो तहसम्म ध्रुविकृत हुने अवस्था आइसकेको भन्दै उनले सरकारले यसलाई तथ्यपूर्ण रुपले अध्ययन गरेर अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले एमसीसीको सम्बन्धमा राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया