डा. मिनेन्द्र रिजाल भन्छन्- ‘आफैँले मागेको एमसीसी सम्झौताको विरोध गर्न मिल्दैन’

लोकपथ
195
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैँले मागेको एमसीसी सम्झौताको विरोध गर्न नमिल्ने बताएका छन् ।

नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताए । आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे । उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए । उनले भने, ‘हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो । अनि हामी बखेडा कसरी निकाल्छौ भने– यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसिए परिचालित हुन्छ । नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ । हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऊ । विआरआईबाट सहायता लिऊ । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऊ । हामी नेपालको विकास गर्ने बाटोमा जाऊ । चीन र भारत दुवैबाट फाईदा लिऊ । चीन, अमेरिका, भारत सबैबाट फाईदा लिऊ । हामी बेग्लै नेपाललाई एउटा टापु बनाएर बस्ने प्रयास नगरौं । त्यो चेतना सत्तामा बस्नेलाई पनि आओस् । त्यहाँ बसेर नारा लगाउने साथीहरुलाई पनि आओस् । नारा लगाएर मात्रै समस्याहरु समाधान हुँदैनन् । तपाईहरुका माग होलान, ती माग पूरा गर्ने पनि वातावरण बनाउनुपर्ने हुन्छ । हिँजोसँग सरकारमा हुनुहुथ्यो । सम्झौता लिएर आउनु भयो । आज विभिन्न ढंगले मुलुकलाई अप्ठयारोमा पार्ने काम नगर्नुस् ।’

नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झौता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?