काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारीसाधन पुरिएका छन् ।
पुरीएका सवारीसाधनमा २ वटा एक्सकाभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।
पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले एक्सकाभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।
पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया