एमसीसीको विरोध गर्नुको कुनै अर्थ छैन : डा. बाबुराम भट्टराई

लोकपथ
637
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई एमसीसी पास गर्न आपत्ति मान्न नहुने बताएका छन् ।

‘म प्रधानमन्त्री भएको समयदेखि नै एमसीसी नेपालमा सुरु भएको हो । मैले धेरैपटक यसका नियम हेरेकाले छु । यो पास गर्न आपत्ति मान्नु पर्दैन’, उनले भने ।

उनले नेपालको विकासका लागि एमसीसी भित्र्याउने सम्झौता भएको बताउँदै यो राष्ट्रघाति नहुने प्रष्ट्याएका छन् ।

‘म नैतिक जिम्मेवार लिन्छु । राष्ट्रघाती छैन एमसीसी । यो त नेपालको पूर्वाधार विकासका लागि गरिएको सम्झौता हो । यो तुरुन्त पारित गरिनुपर्छ,ु उनले भने । उनले एमसीसी जस्तो सामान्य अनुदानलाई नेपालमा ठूलो बनाइएको समेत टिप्पणी गरेका छन् ।

उनले एमसीसी सम्झौता गर्दा विरोध नगर्नेहरूले अहिले किन विरोध गरिरहेको भन्दै प्रश्नसमेत गरेका छन् । नेपालका विकासका लागि गरिएको सम्झौताको विरोध गर्नुको कुनै अर्थ नहुने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?