संघीय सरकारको गृह मन्त्रालय नयाँ स्वरुपमा

काठमाडौं । सिहदरवारस्थित गृह मन्त्रालयको मर्मत सम्भार तथा पुनः निर्माण कार्य शुरु भएको छ । 
करीव चार दशक अघि सामान्य शैलीमा निर्माण गरिएको यो मन्त्रालय २०७२ सालमा महाविनाशकारी भूकम्पबाट चर्किएको थियो । 

मन्त्रालयको भवन प्रशाशनिक काम कारवाही सञ्चालनका लागि सुरक्षित भएपनि जीर्ण बन्दै गएपछि पुनः निर्माण गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए । 
तीन तले यस भवनको अगाडि भागमा ‘मिरर पर्दा’ (आल्मुनियमा जडित सिसाको झ्यालहरु राखिदै छ ।

भित्री भागको कार्यालय कोठाहरु फराकिलो तथा आराम दायिक बनाइदै छ । 
कार्यालयको पुरै तलाको भुईहरुमा सेतो र आकर्षक मार्वल विछयाइदै छ । भवनको भित्ता तथा वाल पनि रंगाइदै छ । 
प्रवक्ता सुवेदीका अनुसार, मन्त्रालयको भुइतलाको पुन निर्माण कार्य करीव–करीव अन्तिम चरणमा पुगेको छ । 


केही दिनपछि दोस्रो तलाको मर्मत निर्माण कार्य शुरु हुदैछ । गृह मन्त्रालय विपद जोखिम मुक्त भवन बन्ने छ ।
नेपाल सरकारको मुख्य प्रशासनिक अंगको रुपमा रहेको गृह मन्त्रालयको नयाँ भवन निर्माण गर्नु भन्दा मर्मत सम्भार तथा पुनः निर्माण गर्दा सजिलो र सस्तो पर्ने भएकाले यस्तो गरिएको हो । 
मन्त्रालयको मुख्य प्रशासनिक भवनलाई अव आकर्षक, सुविधायुक्त र प्राविधिक मंत्री भवनको रुपमा निर्माण गरिने छ । 


सिंहदरवारमा निर्माण गरिएका अन्य भवनहरु भन्दा गृह मन्त्रालयको भवन पृथक, आकर्षक र सुविधा युक्त तथा अपाङ्ग मैंत्री हुने अपेक्षा गरिएको छ । 
मन्त्री, सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत र अन्य दर्जाका कर्मचारीहरुका लागि छु्ट्टा छुट्टै तथा सुविधा युक्त कार्यालयका अतिरिक्त, गोप्य शाखा, डाटा इन्ट्री शाखा, फ्रण्ट डेस्क, रिसेप्सन शाखा आदी कार्यालय सञ्चालनका लागि सुविधा युक्त कोठाहरु निर्माण हुदैछन् । 

मन्त्रालय मर्मत सम्भार तथा पुनः निर्माण कार्य धमाधम भइरहेको छ । करीव तीन महिनाभित्र निर्माँण कार्य सम्पन्न गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । 
उपसचिव र शाखा अधिकृत लगायतका अधिकृत तथा अन्य कर्मचारीहरुलाई कार्यालय भवनको अभावमा काम गर्न समेत समस्या परेको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?