पुन: ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरीको बिक्री गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

जारी मिति भने फागुन १८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७८ चैत्र १५ गते र २०७९ जेठ १७ गते तोकिएको छ ।

यसअघि फागुन नौ गते पनि राष्ट्र बैकले आठ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?