शाहरुख खानसँग फिल्म खेल्न कोही हिरोइन तयार भएनन्

मुम्बई । एक त बलिउडमा अहिले महिलाकेन्द्री फिल्म बनिरहेका छन् । अर्कातिर एउटा यस्तो फिल्म पनि बन्दैछ, जसमा महिला कलाकारले अभिनय गर्न नै मानिरहेका छैनन् । त्यो पनि शाहरुख खानसँग ।

अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक फिल्म ‘स्यालुट’ मा महिला कलाकार पाउन मुस्किल भएको भारतीय मिडियाले लेखेका छन् ।

राकेश शर्माको बायोपिक उक्त फिल्ममा शर्माकी पत्नीको भूमिका निभाउन कोही पनि अभिनेत्री तयार नभएको बताइएको छ । त्यसैले उक्त भूमिकालाई फिल्मबाट नै हटाउने कुरा भइरहेको छ ।
फिल्ममा राकेशको भूमिकामा भने शाहरुख खान देखिने भएका छन् ।

अब यो फिल्मबाट महिला कलाकारको भाग हटाउने योजना भइरहेको छ । ठूला कलाकारले यो भूमिका गर्न नचाहेपछि दृश्य नै हटाउने कि भन्ने कुरा चलिरहेको बताइएको छ । निर्माण टिमले काम चलाउ अभिनेत्रीलाई भने फिल्ममा लिन चाहेको छैन ।

यसैपनि धेरै भाग शाहरुख खानकै छ, केही भागमात्र रोहित शर्माकी पत्नीको भूमिकामा छ ।

यो फिल्ममा पहिले आमिर खान लिड रोलमा आउने कुरा थियो । पछि उनले नयाँ प्रोजेक्टमा समय लगाउन चाहे, त्यसैले यो रोल शाहरुखले गरे । अब शाहरुखले ‘जिरो’ पछि यो फिल्ममा काम थाल्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?