काठमाडौं – निर्माण हुने भनिएदेखि नै चर्चामा रहेको फिल्म ‘नाइँ नभन्नु ल ५’ को फस्ट लूक सार्वजनिक गरिएको छ ।
दुई जोडीलाई पोस्टरमा सार्वजनिक गर्दै निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्कासँग डेब्यु अभिनेता अभिषेक नेपाललाई देखाइएको छ । त्यस्तै अर्को पोस्टरमा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई देख्न सकिन्छ ।

यो सिरिजका फिल्ममा अनुभव रेग्मी मुख्य पात्र रहँदै आएका छन् । फिल्मका निर्देशक समेत रहेका विकास आचार्यले कथाअनुसार फिल्मको फस्ट लूक सार्वजनिक गरेको जानकारी दिए ।
पूर्णतः लभस्टोरी यो फिल्मलाई फ्यामिली ड्रामा भनिएको छ । फिल्ममा अन्य कलाकारमा दिलिप रायमाझी, प्रियंका कार्की, बुद्धि लामा, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा लगायत छन् ।
यो चलचित्रलाई सामीप्यराज तिमल्सेना र विकास आचार्यले लेखेका हुन् । त्यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रले भदौ ८ गतेलाई रिलिज मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया