काठमाडाैं । नेपालगञ्ज र दाङमा गल्फ लुब्रिकेन्टको उच्चस्तरीय सोरुम उद्घाटन भएको छ । नेपाल ल्युब आयल लिमिटेडले नेपालगञ्जमा आफ्नो आधिकारक बिक्रेता रवि त्रदेर्स र दाङमा आफ्नो आधिकारक बिक्रेता मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरेको हो ।
नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।
ग्राहकलाई उच्चस्तरको सेवा प्रधान गर्न यो नयाँ सोरुमहरु सञ्चालनमा आएको हो । सो सोरुमहरुको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष श्री अरुण चौधरीले गरेका हुन् ।
समारोहमा बोल्दै श्री अरुण चौधरी भने, ‘गल्फ ब्रान्ड अन्तर्रास्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीको लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।’
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले भने, ‘यो नयाँ उच्चस्तरीय सोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउनेछौँ र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउनेछन् ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया