बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

लोकपथ
156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७८ चैत्र एक गतेदेखि २०७९ फागुन ३० गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसरी राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २० करोड, बिकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही फागुन १८ गते अपरान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?