काठमाडौं । पछिल्लो समय चर्चामा आएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । फिल्म ‘ड्रिम्स’ ले उनको अभिनयमा आउने ड्रिम्सलाई पूरा गरिदियो । उनलाई स्टार बनाइदियो । रुचाइएकी अभिनेत्रीमा गनिन थालिन् उनी ।
त्यसपछि लगत्तै रिलिज भएको उनी अभिनित फिल्म ‘ए मेरो हजुर २’ ले पनि उनको वृत्तिलाई अझ हिट बनाइदियो । कमैले उनको दोहोरिँदो अभिनयलाई फोकस गरे ।
त्यसपछि रिलिज भएको चलचित्र ‘तिमी सँग’ मा पनि उस्तै भूमिकामा देखिइन् ।
अहिले आएर ट्रेलर रिलिज भएको चलचित्र ‘कायरा’ को ट्रेलर हेर्दा उनी फेरि उस्तै भूमिकामा देखिएकी छिन् । उनको अभिनयमा उनकै पुराना फिल्मको ह्याङ देखिन्छ ।
साम्राज्ञीको यो फिल्ममा पनि उस्तै भूमिका र अभिनयमा देखिएपछि फिल्म 'कायरा' कै ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले प्रश्न सोधे – ‘तपाईंको त पहिलेको ह्याङजस्तै छ, किन सधै एउटै खाले अभिनय?’
प्रश्नको उत्तरमा उनी अकमक परिन् । केही बोल्नै आएन भन्दै निर्देशकलाई माइक दिइन् ।

फिल्मका निर्देशक लक्ष्मण रिजालले भने यो फिल्ममा साम्राज्ञीलाई फरक भूमिकामा देख्न सकिने बताए ।
अहिलेसम्मका सबै फिल्ममा एउटै अभिनय गरेकी साम्राज्ञी महिला अभिनेत्रीमा चर्चामै रहेकी अभिनेत्री हुन् । तर उनले आफ्नो अभिनयलाई किन माझ्न सकेकी छैनिन् भन्ने धेरैलाई लाग्न थालेको छ ।
साम्राज्ञीको क्रेजलाई ‘तिमी सँग’ ले केही ओरालो बनाएको थियो । अब यो फिल्ममा पनि दर्शकले उही पुरानै फिल्मको स्वाद देख्न पाए भने उनका फ्यान घट्ने पक्का छ ।
यता निर्देशकले कायरामा साम्राज्ञीको फिल्म फरक भनिरहँदा उता दर्शकले भने ट्रेलरमा साम्राज्ञीको उही अभिनयलाई नोटिस गरिरहेका छन् । फिल्मअनुसार आफैलाई अपग्रेड गर्ने बारेमा साम्राज्ञी आफैले सोच्नपर्ने हो, किनकि निर्देशकको काम त कुन नेपाली फिल्ममा पो देखिएको छ र?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया