महन्थ ठाकुरले भने- ‘म एमसीसी सम्झौताको पक्षमा छु’

लोकपथ
98
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू र आफ्नो पार्टी एमसीसीको पक्षमा रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी छलफलमा भाग लिँदै नेता ठाकुरले सो कुरा बताएका हुन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको गरिबी हटाउनका लागि आएको बताउँदै नेता ठाकुरले भने, ‘यो सम्झौताको म पक्षमा छु’ ।

निरन्तर आफूहरु यस सम्झौताको पक्षमा रहेको बताउँदै अमेरिकाले दिन लागेको अनुदान सम्झौताले नेपालको विकास हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?