काठमाडाैं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फइबरनेटले इनरुवामा पनि सहवितरण सोरुमको सुभारम्भ गरेको छ ।
फागुन १४ देखि डिशहोम फइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन खुस्बु इनटरप्राइजेजले गर्नेछ ।
डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्दक बिपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सोरुम समुद्घाटन सम्पन्न भएको थियो ।
खुस्बु इनटरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकहरूमाझ पुर्याउँदै आएकोले अब डिशहोम फइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ ।
१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फइबरनेटको सेवा उपलब्ध गराइसकेको खुस्बु इनटरप्राइजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्ने लक्ष्यका साथ काम गर्ने खुस्बु इनटरप्राइजेजका सञ्चालक सन्दिप क्षेत्री र जीवन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया