संसदमा एमालेको प्रस्तुति : अरु सांसद नाराबाजीमा, भीम रावल छलफलमा

लोकपथ
322
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् ।

यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए ।

तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् ।

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे ।

रावलले एमसीसी सम्झौता जनताप्रतिको धोका र गद्दारी भएको समेत उनले टिप्पणी गरे । एमालेले चर्को नाराबाजी गरिरहँदा सोही पार्टीका सांसद रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएर दलको निर्णयमाथि चुनौती दिएका छन् ।

अहिले नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?