काठमाडौं । ६ दिने औपचारीक भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदम सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण र उपलब्धीबारे जानकारी गराउन संसदलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जनभन्दा बढी विषयमा सहमति गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया